नागरिक बचाउ अभियानका संयोजक प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

मेरो आर्थिक
मंसिर ११ गते २०८०
समयः ७:४९ am

सर्वोच्च अदालतले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । औचित्य सकिएको भन्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार रिट खारेज गरेको हो ।
भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेको भन्दै प्रसाईंले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।