एनसेलको सेयर बिक्रीमा प्रधानमन्त्रीको चासो, शीघ्र अध्ययन गर्न निर्देशन

मेरो आर्थिक
मंसिर १९ गते २०८०
समयः ८:२९ am

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
सोमबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा उनले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको विषयमा सरकारले अध्ययन गर्ने बताएका हुन् ।
उनले भने: "सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवम् यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिइसकेको छु" ।
"यसको अध्ययनका लागि टिम बन्छ अनि मात्र अघि बढ्छ । मैले मुख्य सचिवलाई मैले यससम्बन्धी निर्देशन दिएको छु ।"