Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेपाली पुजारीद्धारा आज भारतमा प्राण प्रतिष्ठा हुने

मेरो आर्थिक
मेरो आर्थिक
माघ ८ गते २०८०
नेपाली पुजारीद्धारा आज भारतमा प्राण प्रतिष्ठा हुने

आज स्थानीय समयअनुसार दिउँसो १२ बजेर २० मिनेटको साइतमा भारतको अयोध्यामा रहेको राम मन्दिरको प्राण प्रतिष्ठा हुने बीबीसी हिन्दीले जनाएको छ । यो प्राण प्रतिष्ठा नेपाली पुजारी दुर्गाप्रसाद गौतमले गराउँदै हुनुहुन्छ ।

रामललाको जीवन अभिषेक समारोहलाई भव्य बनाउन सबै तहमा तयारी भएको खबरमा उल्लेख छ । कार्यक्रमका लागि गर्भगृहदेखि राम मन्दिरसम्म पूरै फूल र बत्तीले सजाइएको छ जसका लागि २५ सय क्विन्टल फूल प्रयोग गरिएको छ । मन्दिर वरपरका पर्खालहरू मूर्तिहरूले सजाइएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी सहित ठूला नेता, उद्योगपति, अभिनेता, कुटनीतिज्ञ, न्यायाधीशलगायत सात हजार जना नागरिक कार्यक्रममा सहभागी हुने प्राणप्रतिष्ठा कार्यक्रमलाई लिएर रामनगरीको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।। 

Add a new comment