माघ ५ गते २०८२ --:--:--
मेनु

ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मनीकी महिला मृत अवस्थामा फेला

मेरो आर्थिक मेरो आर्थिक माघ १५ गते २०८० २:५१ PM
ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मनीकी महिला मृत अवस्थामा फेला

ललितपुरकाे वडा नं १६ नागबहालमा रहेकाे ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा एक जना जर्मनीकी महिला मृत अवस्थामा भेटिएकी छिन् । उनको नाम एडेलहैड सेनेकेनबर्गर रहेको बताइएको छ । उनी कोठामा लडिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएकाे छ।

ललितपुर प्रहरीका अनुसार महिलाको उमेर लगभग ५५ वर्ष रहेको छ । अपार्टमेन्टमा ती महिला एक्लै बस्दै आएकाे र २ वर्षदेखि सातामा एक दुई दिन मात्र आएर त्यहाँ बस्ने गरेको भन्ने बुझिएकाे छ  ।

ती जर्मन महिलाले नमोबुद्धमा रिसोर्ट समेत सञ्चालन गरिरहेको प्रहरीकाे भनाइ छ ।  हाल फोरेन्सिकको टोली ल्याएर प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेकाे छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?