Skip to content
logo
फागुन ५ गते २०८१ समयः

ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मनीकी महिला मृत अवस्थामा फेला

मेरो आर्थिक
मेरो आर्थिक
माघ १५ गते २०८०
ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मनीकी महिला मृत अवस्थामा फेला

ललितपुरकाे वडा नं १६ नागबहालमा रहेकाे ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा एक जना जर्मनीकी महिला मृत अवस्थामा भेटिएकी छिन् । उनको नाम एडेलहैड सेनेकेनबर्गर रहेको बताइएको छ । उनी कोठामा लडिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएकाे छ।

ललितपुर प्रहरीका अनुसार महिलाको उमेर लगभग ५५ वर्ष रहेको छ । अपार्टमेन्टमा ती महिला एक्लै बस्दै आएकाे र २ वर्षदेखि सातामा एक दुई दिन मात्र आएर त्यहाँ बस्ने गरेको भन्ने बुझिएकाे छ  ।

ती जर्मन महिलाले नमोबुद्धमा रिसोर्ट समेत सञ्चालन गरिरहेको प्रहरीकाे भनाइ छ ।  हाल फोरेन्सिकको टोली ल्याएर प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेकाे छ ।

Add a new comment