भ्रष्टाचार अवधारणा सूचकांक २०२३ मा नेपाललाई ३५ अङ्क : Mero Aarthik
कार्तिक २८ गते २०८२

भ्रष्टाचार अवधारणा सूचकांक २०२३ मा नेपाललाई ३५ अङ्क

मेरो आर्थिक मेरो आर्थिक माघ १७ गते २०८०

नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार नेपाललाई १०० मा ३५ अंक दिइएको छ । गतवर्षभन्दा यस वर्ष केही सुधार भए पनि व्यापक भ्रष्टाचार हुने मुलुकको पंक्तिबाट नेपाल हट्न सकेको छैन ।

यो सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट भन्ने जनाउँछ । ५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुकको रूपमा चिनिन्छ । यसरी १८० देश समेटिएको सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने र सोमालिया ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सुचिकृत भएका छन् ।

सीपीआई २०२३ मा १८० मुलुकमध्ये नेपाल १०८ औं स्थानमा छ । सीपीआई २०२२ मा नेपाल ३४ अंकसहित ११०औं स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यो प्रतिवेदनअनुसार नेपालको सुशासनको अवस्था कमजोर रहेको जानकारी दिएको छ ।

विश्वका दुई तिहाइभन्दा बढी मुलुकले ५० भन्दा कम अंक पाएका छन् । 

सूचकांकमा यस वर्षको औसत अंक ४३ रहेको छ । एशिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ छ ।

१८० देशमध्ये सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रमध्ये भुटानले २६औं, भारत ९३औं, माल्दिभ्सले ९३औं, नेपालले १०८औं स्थान पाएको छ भने श्रीलंका ११५औं, पाकिस्तान १३३औं, बंगलादेश १४९औं र अफगानिस्तान १६२औं स्थानमा छ । उत्तरको छिमेकी चीन ७६औं स्थानमा छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?