इलामको सन्दकपुरमा जंगली कुकुर (कन अल्पिनस) फेला : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

इलामको सन्दकपुरमा जंगली कुकुर (कन अल्पिनस) फेला

मेरो आर्थिक मेरो आर्थिक चैत्र २७ गते २०८०

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–५, हाँगेथामस्थित धप्परमा जंगली कुकुर (कन अल्पिनस) फेला परेको छ । तराईमा मात्र पाइने दाबी गरिएको ‘ढोले’ भनिने यो निकै महत्वपूर्ण जनावर जंगली कुकुर दुई हजार छ सय ५० मिटर उचाईमा फेला परेको हो ।

वाइल्डलाइफ फोटोग्राफर देबेन खरेल बिहानको समयमा छाउरी जंगली कुकुरको तस्बिर खिच्न सफल भएका हुन् । खरेलले यो जनावर अढाई हजार मिटरभन्दा माथिको उचाईमा भेटिनु निकै महत्वपूर्ण उपलब्धि भएको जानकारी गराएका छन् ।

उचाईमा जंगली कुकुर फेला पर्नु र तस्बिरसमेत खिच्न पाउनुले जैविक विविधताको महत्व बढाएको दावी छ । हाँगेथाम क्षेत्र चरा र दुर्लभ जनावरका लागि निकै संवेदनशील ठाउँ हो, । यहाँ जंगली कुकुर भेटिनु दुर्लभ मानिएको छ ।