Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

देविस्थानको आगलागी नियन्त्रणमा, करिव १ करोड १३ लाखको क्षति

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १० गते २०८१
देविस्थानको आगलागी नियन्त्रणमा, करिव १ करोड १३ लाखको क्षति

राधिका भुषाल/प्युठान। लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्युठानको माण्डवी गाउँपालिका ३, देविस्थानमा रहेको गंगागम रोजिन एण्ड टर्पेन्टाइनले संकलन गरेको खोटोमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा आएको छ। शनिबार २ः२० बजेदेखि शुरू भएको आगलागी आईतबार बिहान १० बजेपछि नियन्त्रणमा आएको हो। 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापासहित प्रहरी अधिकारीहरू, जनप्रतिनिधि, नेपाल आर्मी र स्थानीयहरुको सक्रियतामा करीव २० घण्टामा आगो नियन्त्रणमा आएको हो ।

गंगागम रोजिन एण्ड टर्पेन्टाइनको गोदाममा शनिबार दिउसो २ः२० बजेतिर आगलागी भएको थियो । आगलागी हुँदा ६ हजार ५ सय ३० डिब्बा (टिनको भाडो) खोटो संकलन गरेको कच्चा पदार्थ खोटो जलेर नष्ट भएको  करिव १ करोड १३ लाख बराबरको क्षति भएको गंगाराम रोजिन एण्ड टर्पेन्टाइन कमर्चारी भुवन सिङ बस्नेत बताए।

आइतबार बिहानै देखि खटेको अस्थाई प्रहरी पोस्ट जस्पुर र गंगागम रोजिन एण्ड टर्पेन्टाइन कम्पनीको सहयोगमा जिल्ला प्रहरी कार्यालय प्युठानको समन्यव दुई वटा जेसिबीबाट आगो नियन्त्रणमा आएको थियो । आगो के कसरी लागेको हो भन्ने खुलेको छैन ।

Add a new comment