Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

बभाङ र इलाममा मतदान जारी, सुरक्षाका व्यवस्थामा कडाई

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १५ गते २०८१
बभाङ र इलाममा मतदान जारी, सुरक्षाका व्यवस्थामा कडाई

आज अर्थात बैशाख १५ गते शनिवार बझाङ र इलाम क्षेत्र २ मा उपनिर्वाचनको मतदान भइरहेको छ । मतदान बिहान ७ बजे मतदान सुरु भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आज साँझ ५ बजेभित्र मतदान केन्द्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने छन् । इलाम २ का एक सय ४९ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदानको कार्य भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मतदाता सौहार्दपुर्णरुपमा आफ्नो प्रतिनिधि छान्नलाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको तथा सबै मतदान केन्द्रलाई अति संवेदनशीलमा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि ‘विशेष व्यवस्था’ अपनाइएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मेरो आर्थिकलाई बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूका अनुसार निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ८० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन गरिएको बताए । छ पालिकाका ४२ वडामा मतदान हुन लागेको उप–निर्वाचनमा इलाम २ मा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । मतदान जारी रहेको र हालसम्म कुनैपनि घटना नभएको जनाइएको छ ।

Add a new comment