सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्य कायम गरिने : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्य कायम गरिने

मेरो आर्थिक मेरो आर्थिक वैशाख २५ गते २०८१

अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्य कायम गरिने बताएका छन् ।

बैंक तथा वित्त क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पुनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताएका हुन् ।

 ‘सरकार र नियामक भनेकै राज्य हो । राज्यको उद्देश्य र नीति एउटै हुन्छ,’ उनले भने, ‘नीति कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्य कायम गरिन्छ ।’

मन्त्री पुनले गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्र चलायमान भएको र चालु आवभन्दा आगामी वर्ष थप चलायन हुने गरी बजेट ल्याउने तयारीमा आफू रहेको बताए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?