राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक जेठ २७ गते २०८१

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका-२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।

शीतगङ्गा नगरपालिका-८ को बडिदमार भन्ने स्थानमा शनिबार साँझतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए । पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ । आजै परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी भईरहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?