माडीखोलामा जाल हान्दा बम फेला, आइतबार डिस्पोजल गरिने : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

माडीखोलामा जाल हान्दा बम फेला, आइतबार डिस्पोजल गरिने

मेरो आर्थिक मेरो आर्थिक जेठ २७ गते २०८१

प्युठान। माडीखोलामा जाल हान्दा बम फेला परेको छ । शनिबार माण्डवी गाउँपालिका-३ स्याउलीघारी नजिक माडीखोलामा माछा मार्ने क्रममा जाल हान्दा गिन्रेट बम जस्तो देखिने विस्फोटक पदार्थ फेला परेको लामाचौर अस्थायी पोस्ट प्रहारी सहायक निरीक्षक बलमान रानाले जानकारी दिए।

माडी खोलामा माछा मार्न गएका १५ बर्षिय शेखर पुन मगरले गोलो आकारको बलजस्तो बस्तु खेलाउदै गरेको स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए। नेपाली सेना घटना स्थलमा पुगी उक्त ग्रिनेट लाई नियन्त्रणमा लिएको छ।

आइतबार डिस्पोजल गरिने श्री बर्द बहादुर गण प्युठानका गणपति रमेश थापाले बताए।