माण्डवीमा किसानलाई अनुदानमा कृषि उपकरण : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

माण्डवीमा किसानलाई अनुदानमा कृषि उपकरण

मेरो आर्थिक मेरो आर्थिक जेठ ३० गते २०८१

प्युठान।माण्डवी गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ।कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो।किसानलाई कृषि उब्जनी गर्न सहज होस् भन्ने उद्येश्यले कृषि यन्त्र अनुदानमा वितरण गरेका अधिकृत पाण्डेको भनाई छ। 

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोशन)ले आधुनिक कृषि प्रणालीलाई अवलम्बन गर्नेगरी कृषक अघि बढ्नुपर्ने बताए।पालिका किसानको साथमा रहेर उनीहरूलाई आवश्यक अनुदान दिन र सघाउन तयार रहेको पालिका अध्यक्ष अधिकारीको भनाई छ।’

माण्डवी गाउँपालिकाका कृषि शाखा प्रमुख सनत क्षेत्रीका अनुसार ३६ किसानलाई मिनिटेलर वितरण गरिएको छ।कृषक, कृषक समुह, कृषि सहकारी तथा टोल बिकास संस्थालाई गरी ३६ किसानलाई आधुनिकीकरण मिनीटेलर अनुदान दिएको शाखा प्रमुख क्षेत्रीले बताए।

उक्त अनुदान कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाले सुचना जारि गरि आवेदन आह्वान गरको थियो।