रोङ गाउँपालिकाको ५५ करोड ५२ लाख ४५ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित


इलामको रोङ गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ५५ करोड ५२ लाख ४५ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।
१७औं गाउँसभामा उपाध्यक्ष विष्णुमाया खवासले आउँदो वर्षको बजेट र कार्यक्रम पेस गरिन् । रोङ गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायतको खेतीसहित कृषिमा अनुदानका कार्यक्रमसहितको बजेट ल्याएको छ ।
बजेटकाे सफल कार्यन्वयनमा गाउँपालिकावासी दाजुभाइ तथा दिदिबहिनीहरुकाे सकारात्मक सहयाेग मिल्नेमा गाउँपालिका विश्वस्त छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%