देशभरका ३४८ वटा पालिका आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

देशभरका ३४८ वटा पालिका आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित

मेरो आर्थिक मेरो आर्थिक असार १४ गते २०८१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वुधवार दिउँसो साढे ४ बजेसम्मको तथ्याङ्क अनुसार देशभरका ४६ प्रतिशत स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरिसकेको देखिएको छ । मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको प्रणालीमा सबै स्थानीय तहलाई बजेट प्रविष्ट गर्न लगाउने गरेको अनुरोध अनुसारको अपडेटमा उक्त कुरा देखिएको हो ।

उक्त प्रणालीमा हालसम्म ४६.२२ प्रतिशत स्थानीय तह (अर्थात् ३४८ वटा पालिका) ले बजेट पास गरेको विवरण पेश गरेका छन् । मन्त्रालयका अनुसार देशभरका ४७ स्थानीय तहहरुले भने विवादका कारण अझै बजेट ल्याउन नसकेको जनाएको छ । जसको पुष्टि गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले पनि गरिसकेका छन् ।

तथ्यांक अनुसार हेर्दा कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये ८३ वटाले बजेट पारित गरेका छन् भने मधेशका १३६ स्थानीय तहमध्ये ४६ वटाले बजेट पारित गरिसकेका छन् । बागमतीका ११९ मध्ये ४८, गण्डकीका ८५ मध्ये ४५, लुम्बिनीका १०९ मध्ये ४९, कर्णालीका ७९ मध्ये ४४ र सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ३३ वटाले बजेट पारित गरेको जानकारी मन्त्रालयमा गराएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?