‘रेड एड्भाइजरी’ जारी जिल्लामा रात्रिकालीन सवारी चलाउन नपाइने, अब देखि टिकट अनिवार्य : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

‘रेड एड्भाइजरी’ जारी जिल्लामा रात्रिकालीन सवारी चलाउन नपाइने, अब देखि टिकट अनिवार्य

मेरो आर्थिक मेरो आर्थिक असार ३० गते २०८१

अब देखि ‘रेड एड्भाइजरी’ जारी भएको जिल्लामा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । उच्च जोखिमको सूचना जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने निर्णय भएको हो ।

शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको थियो । जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरिएको छ ।

गृह मन्त्रालयका अनुसार यसको कार्य तालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको जनाएको छ । यो निर्णय अनुसार बाढी–पहिरो आउन सक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी चलाउन नपाइने भएको छ ।
यसअघि सुरुमा गृहले बर्खा यामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो । तर यातायात व्यवसायीले उक्त कुरा वैज्ञानिक नभएको बताएको भन्दै असन्तुष्टि जनाएका थिए ।

साथै अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ । पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?