निकुञ्जद्वारा पशुधन बीमा अन्तर्गत दुई करोड ५६ लाख स्थानीयवासीलाई राहत प्रदान : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

निकुञ्जद्वारा पशुधन बीमा अन्तर्गत दुई करोड ५६ लाख स्थानीयवासीलाई राहत प्रदान

मेरो आर्थिक मेरो आर्थिक असार ३० गते २०८१

सुर्खेत । आर्थिक वर्ष २०८०/८१ मा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ । निकुञ्जले पशुधन बीमा अन्तर्गत दुई करोड ५६ लाख वन्यजन्तु पीडित स्थानीयवासीलाई राहत उपलब्ध गराएको हो ।

डोल्पोबुद्ध गाउँपालिकाको धो, शे–फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो र त्रिपुरासुन्दरी नगरपालिकाको रसिगाउँका स्थानीयलाई निकुञ्जका वन्यजन्तुले पशु चौपायामा पुर्‍याएको क्षतिको मूल्याङ्कन गरेर राहतस्वरुप उक्त रकम वितरण गरिएको निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । निकुञ्ज क्षेत्रमा बसोबास गरिरहेका र वन्यजन्तुबाट पशुधनमा पुर्‍याएको क्षतिले आहात भएका पीडितलाई पशुधन बीमाअन्तर्गत राहतस्वरुप रकम वितरण गरिएको उनले बताए ।

राहतस्वरुप बीमा रकम वन्यजन्तुबाट पीडित नागरिकलाई आर्थिक वर्षको मध्यतिर विभिन्न मध्यवर्ती उपभोक्ता समितिको कार्यक्षेत्रमा पुगेर वितरण गरिएको संरक्षण अधिकृत श्रेष्ठले बताए । उनका अनुसार बाँकी समयको भुक्तानी असार २४ गते सम्बन्धित पीडितलाई वितरण गरिएको हो ।

प्रत्येक वर्ष डोल्पाबाट जडीबुटीबाट तीन करोडको हाराहारीमा राजस्व सङ्कलन भएर केन्द्रमा जाने गरेको बताउँदै बीमा र विकास निर्माणवापत जिल्लामा भित्रने रकम पीडितलाई उपलब्ध गराइएको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?