Skip to content
logo
असाेज ३ गते २०८१ समयः

अर्याललाई डेपुटी सीईओ र जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय

मेरो आर्थिक
मेरो आर्थिक
असार ३० गते २०८१
अर्याललाई डेपुटी सीईओ र जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा प्रसिद्धराज अर्याल र नायब प्रमुख कार्यकारी अधिकृतमा सुभाष जमरकटेल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समिति बैंठकले आगामी १ साउनदेखि लागु हुने गरी अर्याललाई डेपुटी सीईओ र जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन शंकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य अनुभव रहेको छ । अर्यालले यसअघि तत्कालीन सिभिल बैंक, सनराइज र नेपाल इन्भेस्टमेन्ट बैंकमा विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।

त्यस्तै जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध छन् । उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिएका उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानुनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् ।

Add a new comment