बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको भेटिएको शव मध्ये आठ जनाको सनाखत : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको भेटिएको शव मध्ये आठ जनाको सनाखत

मेरो आर्थिक मेरो आर्थिक श्रावण १ गते २०८१

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलताल भन्ने ठाउँमा दुर्घटना हँदा त्रिशुली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।

सशस्त्र प्रहरी बलको अनुसार आज बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भई सकेको छ । प्रहरीका अनुसार दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ ।

भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ । चिवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ ।

मृतकहरुको शव आफन्तले बुझिसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार ६ पुरुष र १ महिला गरी ७ जनाको शव अझै सनाखत हुन सकेको छैन । उनीहरुको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका थिए।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?