आज आषाढ शुक्ल एकादशी, चतुर्मासा आजदेखि शुरूवात
मेरो आर्थिक
श्रावण २ गते २०८१
समयः ७:२० am

काठमाडौं । आज आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपण गरी चार महिनासम्म गरिने विशेष पुजा आराधना आजदेखि शुरूवात भएको छ । गत एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको बिरुवा रोप्ने गरिन्छ ।
आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानेर आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । जसमा ब्रत बस्नु उत्तम मानिन्छ ।