Skip to content
logo
मंसिर २९ गते २०८१ समयः

त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली आज घटनास्थल पुग्ने

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण ५ गते २०८१
त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली आज घटनास्थल पुग्ने

पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए । हालसम्म सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ ।

तर नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस तथा बाँकी यात्रुहरु अहिलेसम्म भेटिएका छैनन् । केही शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् । लामो समयसम्म खोजी गर्दा बसको बारेमा केही जानकारी नपाएपछि सहयोगको लागि छिमेकी राष्ट्र भारतसँग अपिल गरेको थियो ।
बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागे अनुसार भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिंडेको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिएका छन् ।

Add a new comment