Skip to content
logo
माघ ३० गते २०८१ समयः

ताप्लेजुङको पाथीभरा मन्दिरमा गत आर्थिक वर्षमा करिब चार करोड रुपैयाँ भेटी संकलन

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण १० गते २०८१
ताप्लेजुङको पाथीभरा मन्दिरमा गत आर्थिक वर्षमा करिब चार करोड रुपैयाँ भेटी संकलन

ताप्लेजुङको पाथीभरा मन्दिरमा गत आर्थिक वर्षमा करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष ०८०-८१ मा संकलन भएको भेटी रकम सर्वजनिक गरिएको हो।

पाथीभरा क्षेत्र विकास समितिका निर्देशक प्रजिन हाम्बाङका अनुसार सो अवधिमा तीन करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ संकलन भएको छ। आर्थिक वर्ष सुरुको श्रावण, भदौ, असोज, कात्तिक, मंसिर र पुस महिनामा एक करोड ४१ लाख ७५ हजार १७२ रुपैयाँ संकलन भएको उनले बताए।

अन्य ६ महिना अर्थात् माघ, फागुन, चैत्र, वैशाख, जेठ र असारमा दुई करोड ५६ लाख ६६ हजार ७८६ रुपैयाँ संकलन भएको हाम्बाङले जानकारी दिए। सो अवधिमा दुई लाख ३१ हजार ३३४ जनाले पाथीभराको दर्शन गरेका छन्।

Add a new comment