बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय

मेरो आर्थिक मेरो आर्थिक श्रावण १७ गते २०८१

नेपाल आयल निगम सञ्चालक समितिलेले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

हाल सातामा चर्चित पोस्ट फेला परेन।