एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, पाँचै जनाको शव पोष्टमाटमको लागि लगियो : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, पाँचै जनाको शव पोष्टमाटमको लागि लगियो

मेरो आर्थिक मेरो आर्थिक श्रावण २४ गते २०८१

काठमाण्डौ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको हेलिकप्टर बुधबार दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुखले जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । स्रोतका अनुसार उक्त हेलिकप्टर चिनिया पर्यटक लिएर १ बजेर १४ मिनेटमा उडेको थियो । उक्त हेलिकप्टरमा क्याप्टेनसहित ४ जना सवार थिए । हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?