चूडामणि शर्मा पुनः डिल्लीबजार कारागार चलान : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

चूडामणि शर्मा पुनः डिल्लीबजार कारागार चलान

मेरो आर्थिक मेरो आर्थिक श्रावण २७ गते २०८१

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । साउन २३ मा सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित भएका शर्मा बिगो रकम बुझाउन नसकेर कारागार चलान भएका हुन् ।

डिल्लीबजार कारागारका जेलर (उपसचिव) रोम बहादुर महतले बुधवारदेखि शर्मा कारागारमा रहेको बताए । विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए उनले थुना बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन् । बिगो रकम नबुझाए मुद्दाको अन्तिम किनारा नलागे सम्म थुनामै बस्नुपर्छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?