मानहानी मुद्दाका आरोपी पक्राउ, मुद्दाको पेशी आज : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

मानहानी मुद्दाका आरोपी पक्राउ, मुद्दाको पेशी आज

मेरो आर्थिक मेरो आर्थिक भाद्र ६ गते २०८१

मेरो आर्थिक, भदौ ६ । काठमाडौं । बिवादित अडियो बिवादका अभियुक्त भनिएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केही समय अघि सिधा कुरा डटकम अनलाइनबाट प्रशारित डार्क फाइल रिपोर्टका सूचनादाता भनिएका राजकुमार तिमल्सिना पक्राउ परेका हुन् ।
तिमल्सिनालाई प्रहरीले बुधबार साँझ प्रहरीले काठमाडौंको पेप्सीकोलाबाट नियन्त्रणमा लिएको जनाएको छ । सिधा कुरा डटकमले प्रशारण गरेको अडियो तिमल्सिनाले उपलब्ध गराएको बताइएको छ । उक्त अडियो रिपोर्टलाई लिएर अदालतको मानहानी मुद्दा विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको पेशी आज (बिहीबार) तोकिएको छ ।

सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो।

सिधाकुराले सो भिडियोमा कान्तिपुरका मालिका कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापासहितको नाम जोडेर भिडियो सामाग्री तयार गरेको थियो । सो घटनामा सिधाकुराका सञ्चालक, सम्पादक र तिमल्सिना गरी तीन जना बिरुद्ध मुद्धा चलाइएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?