बायोप्सी निकाल्ने क्रममा महिलाको मृत्यु, छानबिन गर्न नौ सदस्यीय समिति गठन : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

बायोप्सी निकाल्ने क्रममा महिलाको मृत्यु, छानबिन गर्न नौ सदस्यीय समिति गठन

मेरो आर्थिक मेरो आर्थिक भाद्र ६ गते २०८१

मेरो आर्थिक भदौ ६ । भरतपुरको अस्पतालमा भएको महिलाको मृत्यु प्रकरणको छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका ऐनेस्थेसियोलोजिष्ट डा. प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयका अधिकृत अन्तिम सिञ्जाली तथा पीडितको तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले सदस्य र तुलसीराम आचार्य सदस्य सचिव रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । समितिलाई एक साताभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको उनले मेरो आर्थिकलाई बताए ।