संसदीय विशेष समितिमा पुर्वगृहमन्त्री रवि लामिछानेको बयान, आफु संलग्न नरहेको दावी : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

संसदीय विशेष समितिमा पुर्वगृहमन्त्री रवि लामिछानेको बयान, आफु संलग्न नरहेको दावी

मेरो आर्थिक मेरो आर्थिक भाद्र ८ गते २०८१
SHARES
0

मेरो आर्थिक ८ भदौ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ । शुक्रबार सिंहदरबारमा जारी समितिको बैठकले गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसँग बयान लिएको हो ।
सोही क्रममा लामिछानेले रकम दुरुपयोगमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टिकरण दिएका थिए । पत्रकारिता पेशामा रहँदा लामिछानेले जीबी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लागेको छ ।

हाल सम्मको विवरण हेर्दा पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको उनीहरुमाथि आरोप लाग्दै आएको छ । जिबी राई अहिले फरार छन् केही ब्याक्तिहरु थुनामा छन् भने रबि लामिछानेको पनि संलग्नता रहेको आरोप लागेपछि बिषेश समितिले बयानको क्रम अघि बढाएको हो ।