बिदाको दिन पनि सरकारी अस्पतालमा ओपीडी सञ्चालन हुँदै : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

बिदाको दिन पनि सरकारी अस्पतालमा ओपीडी सञ्चालन हुँदै

मेरो आर्थिक मेरो आर्थिक भाद्र १८ गते २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई पत्राचार गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ । ७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

‘‘ सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय अनुसार अनुरोध छ’, स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?