पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालियो, थप खोजी जारी


काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा परेकाको खोजी तथा उद्धार कार्य र्भरहेको छ । सोही क्रममा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।
शनिबार बिहान पहिरो जाँदा काठमाडौंको सिमाना नजिकको काठमाडौं देखि नारायणगढ सडक खण्डको धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको र नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले मेरो आर्थिकलाई जानकारी दिए ।
उनका अनुसार बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा थप सवारीका साधनहरु पनि पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको उहाँले बताउनु भयो।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%