‘सिधाकुरा डटकम’ का पत्रकारद्वय ढुङ्गाना र कँडेललाई थुनामा पठाउने फैसला : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

‘सिधाकुरा डटकम’ का पत्रकारद्वय ढुङ्गाना र कँडेललाई थुनामा पठाउने फैसला

मेरो आर्थिक मेरो आर्थिक असाेज १४ गते २०८१

सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुङ्गाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले आज गरेको फैसलामा पत्रकारद्वय ढुङ्गाना र कँडेललाई अदालतको अवहेलना ठहर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।

पत्रकार ढुङ्गाना र कँडेलका हकमा उक्त अडियो आफैँ उत्पादन गरेको नभई अर्का प्रत्यर्थी राजकुमार तिमिल्सिनाले उत्पादन गरी ल्याइदिएको तर सामग्रीको परीक्षण नगरी न्यायिक प्रक्रियामा अफवाह फैलाउने कार्य गरेको हुनाले जनही तीन महिना कैद सजाय हुने ठहर गरेको भए पनि पत्रकारद्वयले क्षमायाचना गरी पुनः नदोहो-याउने लिखित प्रतिबद्धता गरेमा सात दिन मात्र थुनामा राखी बाँकी कैद निलम्बन गरिदिने फैसलामा उल्लेख छ ।

अदालतले लिएको बयानका क्रममा पत्रकारद्वयले अदालतको अवहेलना गर्ने नभई केवल प्राप्त सामग्री प्रकाशन गरेको फैसलामा छ । अदालतले राजकुमार तिमिल्सिनाले झुट्टा र काल्पनिक सामग्रीको उत्पादन गरी प्रसारण गर्नका लागि दिएको देखिँदा उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्राअनुसार ६ महिना कैद हुने ठहर गरेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?