उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई जलनको उपचार निःशुल्क


सरकारले सातै प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई जलनको उपचार निःशुल्क गर्ने भएको छ ।
२ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले कोशीमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा कीर्तिपुर अस्पताल र गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनको उपचार हुनेछ ।
लुम्बिनीमा नेपालगञ्जस्थित भेरी अस्पताल, कर्णालीमा कर्णाली अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकको जलन उपचार व्यवस्था निःशुल्क गर्ने आइतबार सार्वजनिक मन्त्रिपरिषदको निर्णय छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%