Skip to content
logo
मंसिर २३ गते २०८१ समयः

आजबाट धरहरा सःशुल्क सञ्चालन, पार्किङ शुल्क लाग्ने

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ९ गते २०८१
आजबाट धरहरा सःशुल्क सञ्चालन, पार्किङ शुल्क लाग्ने

मेरो आर्थिक, काठमाडौं । निर्माण सम्पन्न नभई उद्घाटन गरिएको धरहराको चौतर्फी आलोचना पछि सरकारले केही समय अघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा सःशुल्क सञ्चालन गर्न लागिएको बताइएको हो ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई आजदेखि धरहरा सञ्चालन गर्न लागिएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ । साथै, धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ भने धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको जनाएको छ। यस अघि न्युरोडको बिकल्पको रुपमा काठमाडौं महानगरपालिकाले निःशुल्क पार्किङ गर्ने ब्यवस्था गरेको थियो । आजबाट यो निर्णय लागु भएसँगै पार्किङ शुल्कसमेत लाग्ने भएको छ ।

Add a new comment