वैशाख १३ गते २०८३ --:--:--
मेनु

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक मंसिर ३० गते २०८१ १२:३० PM
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको उपचारको क्रममा मृत्यु भएको काठमाडौँका एसएसपीले बताए । ३८ वर्षीय आचार्यको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

शनिवार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोक स्थित बागमती नदी किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् । उनी परिवारसँग बौद्ध स्थित नारायणटारमा बस्ने गरेकी थिइन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?