वैशाख १ गते २०८३ --:--:--
मेनु

प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक चैत्र १८ गते २०८१ २:२६ PM
प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जना पक्राउ

काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जना पक्राउ परेका छन्। चैत १५ मा भएको उक्त हिंसात्मक प्रदर्शनमा अपराधजन्य घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप २० जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा कुमार बस्नेत‍, अनिकलकुमार थापा, तारानाथ बोहरा, देवेन्द्रप्रसाद श्रेष्ठ, लोकबहादुर बस्नेत, आशिक राई, दानबहादुर राई, बिजु नेपाल, उमेश तामाङ, भानुभक्त पौडेल, सरिता केसी, सीतादेवी राई, रवि रञ्जन कुमार सिंह, आशिककुमार महतो, प्रेमकुमार सिंह, राधेश्याम यादव, वरण यादव, योविन्द राय, लक्ष्मी सुनार र विष्णुजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?