लागु औषध सहित ५ जनालाई पक्राउ : Mero Aarthik
कार्तिक २८ गते २०८२

लागु औषध सहित ५ जनालाई पक्राउ

मेरो आर्थिक मेरो आर्थिक वैशाख १२ गते २०८२

जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिकाको बिभिन्न स्थानहरुबाट लागु औषध सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा खटिएको बिशेष प्रहरी टोलीले इलाम नगरपालिकाबाट पक्राउ गरेको हो ।

घरकोठा तथा शरिरको खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा लागु औषध (ब्राउन सुगर) ३ ग्राम २५० मिलिग्राम र विभिन्न कम्पनिको ५ थान मोबाईलहरु समेत बरामद गरिएको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–४ पिपल बोटे बस्ने सन्तोष भन्ने सन्तबिर तामाङ सहित ५ जना रहेका छन् । तामाङको साथबाट ९६० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) सहित ओप्पोको १ थान मोवाइल समेत बरामद गरेको छ ।

इलाम नगरपालिका–६ बस्ने बर्ष २९ को नानु भन्ने बिजय नेम्बाङ लिम्बूको साथबाट १ दशमलब ९३० ग्राम। सन्दकपुर गाँउपालिका–४ माबु बस्ने बर्ष ३० को चेत बहादुर गुरूङको साथबाट ३६० मिलिग्राम ब्राउन सुगर र रेडमी मोबाईल १ थान बरामद गरेको छ ।

त्यसैगरी इलाम नगरपालिका–७ बस्ने बर्ष २७ को सुप्रिम देवानको साथबाट १ थान रेडमी मोवाइल र इलाम नगरपालिका–०८ जिरोमा गाडी ग्यारेज संचालन गर्ने झापाको बिर्तामोड नगरपालिका–५ बस्ने बर्ष ३१ को रोहित आलमको साथबाट रेडमी मोवाइल १ तथान बरामद गरेको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?