विमानस्थलमा थाइल्यान्डबाट गाँजा लिएर आएका एक भारतीय नागरिक पक्राउ : mero aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

विमानस्थलमा थाइल्यान्डबाट गाँजा लिएर आएका एक भारतीय नागरिक पक्राउ

मेरो आर्थिक मेरो आर्थिक जेठ ८ गते २०८२

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थाइल्यान्डबाट गाँजा लिएर आएका एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २३ वर्षीय श्रीनेश कल्लेकलथिल छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरीले बुधबार राति ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

उनी नेपाल एयरलाइन्सको उडानद्धारा बैंकबाट काठमाडौं आएका थिए । उनले ल्याएको सुटकेशमा गाँजा भेटिएपछि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीलाई बुझाइएको छ ।