वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन


वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको देहावसान भएको छ । ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार बिहान ११ बजे उनको निधन भएको हो ।
रसिकले ‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ,’ ‘तराई हेर कति राम्रो हरियो वन हुनाले,’ ‘मेरो टाउको सानो छ,’ ‘यो टाउको विशाल देश छ,’ ‘रातो भाले क्वाँए क्वाँए,’ ‘आकाश गंगाको ओतमुनि,’ ‘दशगजामा उभिएर,’ जब ‘सिस्नोहरू टेक्दै हिँडेँ’ लगायत धेरै गीत छोडेर गाएका छन् । जुन गीत अहिले पनि कालजयी छन् ।
‘सारङ्गीभित्र कथासङ्ग्रह,’ ‘गणेश रसिकका गीतहरू,’ ‘आकाश गंगाको ओतमुनि’लगायत उनका एक दर्जन बढी कृति प्रकाशित छन् । ७८ वर्षीय रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । करिब २ महिना अगाडिबाट उनलाई मेडिसिनले पनि काम गर्न छोडेको थियो । रसिकको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।