अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘सन अफ सरदार २’ जुलाई २५ मा रिलिज हुने : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘सन अफ सरदार २’ जुलाई २५ मा रिलिज हुने

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८२

काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘सन अफ सरदार २’ को पोस्टर रिलिज भएको छ । पोस्टरमा अजय देवगन पगडी लगाएको सरदारको लुकमा देखिएका छन् । उनी दुई ट्याङ्करमा उभिएका छन् । पोष्टर सार्बजनिकसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म २०१२ मा रिलिज भएको फिल्म ‘सन अफ सरदार’ को सिक्वेल हो ।

‘सन अफ सरदार २’ को नयाँ पोस्टरमा अजय देवगन पहेँलो पगडी लगाएर एक्सनमा उभिएको देख्न सकिन्छ । उनले पाइन्ट, टी-शर्ट, सदरी लगाएका छन्। उनले माथि कालो ज्याकेट लगाएका छन्। अजय देवगन दुई ट्याङ्करमा उभिएका छन् । पोस्टरमा ‘सन अफ सरदार २’ लेखिएको छ। यसको ट्याग लाइन ‘द रिटर्न अफ सरदार’ हो ।

‘सन अफ सरदार २’ मा अजय देवगन बाहेक मृणाल ठाकुर र संजय दत्त महत्वपूर्ण भूमिकामा हुनेछन् । फिल्ममा अजय देवगन फेरि एक पटक जस्सीको भूमिकामा देखिनेछन् । फिल्मलाई विजय कुमार अरोराले निर्देशन गरेका छन् । फिल्मलाई अजय देवगनले निर्माण गर्दैछन् । नयाँ पोस्टर अनुसार ‘सन अफ सरदार २’ जुलाई २५ मा रिलिज हुनेछ ।

‘सन अफ सरदार’ फिल्म २०१२ मा रिलिज भएको थियो । अजय देवगन बाहेक यस फिल्ममा सोनाक्षी सिन्हा र संजय दत्त पनि थिए । फिल्ममा अजय देवगन सोनाक्षीसँग प्रेममा परेको देखाइएको थियो तर सोनाक्षीका भाइ संजय दत्त यो सम्बन्धको विरुद्धमा थिए । फिल्म यसैको वरिपरि घुम्छ । फिल्मको बजेट ३० करोड रुपैयाँ थियो। फिल्मले बक्स अफिसमा १६१.४८ करोड कमाएको थियो । एभरेष्ट न्यूज एजेन्सी,

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?