वैशाख १३ गते २०८३ --:--:--
मेनु

जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक ठाकुरसमेत ९ जनाविरुद्ध मुद्धा दायर

मेरो आर्थिक मेरो आर्थिक असार ६ गते २०८२ ६:४१ AM
जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक ठाकुरसमेत ९ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।

अख्तियारले २०७५ देखि २०७९ सम्म परिषदको कार्यकारी निर्देशक रहेका ठाकुरले बिना प्रक्रिया परिषद्‍को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको पाइएको, यात्री निवास सौन्दर्यीकरण र गेट निर्माणको गर्दा अनियमितता गरेको आरोपमा तत्कालीन कार्यकारी निर्देशक ठाकुर, लेखापाल सावित्री गिरी, अधिकृत चिरंजीबीराज शर्मा ढुङ्गाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, सवारी चालक विक्की कुमार चौधरी, उपभोक्ता समिति अध्यक्ष विजय कुमार यादव र कोषाध्यक्ष बविता देवी साह, धनुषा जनकपुरधाम उपमहानगरका बस्ने ठेकेदार जितेन्द्र कुमार यादव र प्रतिवादी बलराम ठाकुरको श्रीमती इन्दुलेखा कुमारी ठाकुरविरुद्ध ५१ लाख ७१ हजार ५४४ अनियमितता गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

एभरेष्ट न्यूज एजेन्सी,  

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?