सुदूरपश्चिममा भारतबाट आएका थप दुई जनामा कोरोना सङ्क्रमण : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

सुदूरपश्चिममा भारतबाट आएका थप दुई जनामा कोरोना सङ्क्रमण

मेरो आर्थिक मेरो आर्थिक असार ६ गते २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने भारतबाट आएका दुई जना रहेका छन् । कैलालीको गौरीफन्टा नाकाबाट नेपाल आएका दुवै जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै सुदूरपश्चिममा जेठ २१ गतेदेखि गरिएको परिक्षणमा अहिलेसम्म २५ जनामा कोरोना संक्रमण देखिएको छ भने १६ जना संक्रमित ठिक भएका छन् । हाल सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ९ रहेको छ । 

एभरेष्ट न्यूज एजेन्सी,

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?