विनयी खोलाको बाढी घटेन, डाइभर्सन बनाउन समय लाग्ने : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

विनयी खोलाको बाढी घटेन, डाइभर्सन बनाउन समय लाग्ने

मेरो आर्थिक मेरो आर्थिक असार ६ गते २०८२

नवलपरासी । पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलाको डाइभर्सन बनाउने कार्य अझै शुरु हुन सकेको छैन । गएराती आएको बाढीले अस्थायी डाईभर्सन पुनः बगाएको कारण सवारी आवागमन दुईतर्फी बन्द रहेको छ । 

गएराती एक यात्रु बाहक बाढीमा परेको थियो । नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ४०८५ नम्बरको बस बाढी आएको विनयी खोलाको बीचमा फसेको थियो । प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेका थिए । यात्रुको उद्धारपछि खोलामै रहेको बस बाढीले बगाएर करिब १ किलोमिटर तल पुर्याएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार खोलाको बाढी कम भएपछि मात्र डाइभर्सन बनाउने कार्य शुरु हुने भएको छ । कार्यालयले एक्साभेटर र अप्रेटरलाई खोला किनारमै राखेको र बाढी कम हुनासाथ डाइभर्सनको काम शुरु हुने जानकारी दिएको छ । सडक कार्यालयले सकेसम्म बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

एभरेष्ट न्यूज एजेन्सी

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?