विपी राजमार्गमा आजैदेखि १५ दिनसम्मका लागि रातिमा बन्द गरिने


काभ्रे । बाढी र पहिरोको जोखिम बढेकोले बीपी राजमार्गमा १५ दिनसम्मका लागि रातिमा बन्द गरिने भएको छ ।
काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबारदेखि नै साँझ ६: ३० बजेदेखि विहान ५ बजेसम्म यात्रुवाहक सवारी साधन चलाउन रोक लगाईएको हो । मनसुन सुरु भएसँगै बाढिपहिरोको जोखिम बढेको भन्दै यस्तो निर्णय लिइएको बताइएको छ ।
गएराती मात्र रोशी नदीको बीचमा फसेका पाँच जनालाई सकुशल उद्धार गरिएको थियो ।
एभरेष्ट न्यूज एजेन्सी
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%