माघ ५ गते २०८२ --:--:--
मेनु

सुन तस्करी प्रकरणकी आरोपी रोका पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार ६ गते २०८२ ८:२५ PM
सुन तस्करी प्रकरणकी आरोपी रोका पक्राउ

काठमाडौँ  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो अवैध सुन चोरी पैठारी तथा संगठित अपराध मुद्धामा फरार अमला रोकालाई पक्राउ गरेको छ । 

रोकालाई ब्युरोले शुक्रबार काठमाडौंको टोखा- ३ सुर्यदर्शन टोलबाट पक्राउ गरेको प्रवक्ता युवराज खड्काले जानकारी दिएका छन् । 

२०८० को श्रावण २ गते बरामद गरिएको ६० किलो अवैध सुन प्रकरणमा रोका आरोपित रहेकी थिइन् ।  

४४ बर्षिय रोकालाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने ब्युरोले जनाएको छ ।

एभरेष्ट न्यूज एजेन्सी

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?