वैशाख १४ गते २०८३ --:--:--
मेनु

भारतले इरानमा फसेका नेपाली र श्रीलंकाका नागरिकको उद्धार गर्ने

मेरो आर्थिक मेरो आर्थिक असार ७ गते २०८२ १२:५६ PM
भारतले इरानमा फसेका नेपाली र श्रीलंकाका नागरिकको उद्धार गर्ने

काठमाडौँ । भारतले इरानमा रहेका नेपाल र श्रीलंकाका नागरिकको उद्धार गर्ने भएको छ ।

इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी नेपाल र श्रीलंकाका नागरिकहरूलाई इरानबाट निकाल्न पनि मद्दत गर्ने जानकारी दिएको हो ।

इरानस्थित भारतीय दूतावासले भनेको छ- ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा, अब भारतीय दूतावासले इरानमा फसेका नेपाल र श्रीलंकाका नागरिकहरूलाई निकाल्न पनि मद्दत गर्नेछ ।’

भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ । यसबाहेक, भारतीय दूतावासले नेपाली र श्रीलंकाली नागरिकहरूलाई मद्दत गर्न टेलिग्राम च्यानल र आपतकालीन नम्बरहरू (+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९) पनि जारी गरेको छ ।

एभरेष्ट न्यूज एजेन्सी

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?