नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्बको कारोबार : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्बको कारोबार

मेरो आर्थिक मेरो आर्थिक असार ८ गते २०८२

काठमाडौँ । नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज जोशी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ५.६० प्रतिशतले बढेको छ ।

त्यस्तै पियोर इनर्जीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने युनियन हाइड्रोको शेयर मुल्य ६.२४ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार दोर्दी खोला जल विद्युतको शेयर ७५  करोड ७३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?