संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित न्यायाधिशविरुद्ध परेको उजुरी खोलिदै : Mero Aarthik
असार ३२ गते २०८२
ब्रेकिङ न्यूज

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित न्यायाधिशविरुद्ध परेको उजुरी खोलिदै

मेरो आर्थिक मेरो आर्थिक असार १२ गते २०८२

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । 

विहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरुका सम्बन्धमा परेका उजुरीहरु खोल्ने र समितिका सदस्यहरुलाई कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

समितले यसअघि असार १ गते सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको उजुरी आव्हान गरेको थियो । समितिले सार्बजनिक सूचना निकाल्दै १० दिन भित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय वा इमेलमार्फत उजुरी दिन आग्रह गरेको थियो ।

न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यस्तै गत विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका थिए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?