भिसा आवेदकलाई सामाजिक सञ्जाल खाता ‘पब्लिक’ गर्न अमेरिकी दुताबासको आग्रह : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

भिसा आवेदकलाई सामाजिक सञ्जाल खाता ‘पब्लिक’ गर्न अमेरिकी दुताबासको आग्रह

मेरो आर्थिक मेरो आर्थिक असार १२ गते २०८२

काठमाडौँ । अमेरिकाले अप्रवासी भिसामा सामाजिक संजालका खाताहरु अनिवार्यरुपमा हेर्ने भएको छ ।

काठमाडौँस्थित अमेरिकी दुताबासले तत्कालदेखि लागु हुने गरि अप्रवासी भिसाका लागि आवेदन दिने सबैले आफ्ना व्यक्तिगत सामाजिक संजालका खाताहरुको गोपनियताका सेटिंगलाई ‘पब्लिक’ गर्न आग्रह गरेको छ ।

दुताबासले एक सूचना जारी गर्दै भनेको छ- ‘प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हो । आजैदेखि प्रभावकारी रूपमा एफ,एम वा जे श्रेणीका अप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिक’ मा परिवर्तन अनुरोध गरिन्छ । यसले पहिचान र अमेरिका प्रवेशयोग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउनेछ ।’

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसा आवेदकका सामाजिक सञ्जाल खाता अनिवार्य रुपमा हेर्ने नियम लागु गरेका थिए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?