सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशको सुनुवाई आइतबार : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशको सुनुवाई आइतबार

मेरो आर्थिक मेरो आर्थिक असार १३ गते २०८२

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशको सुनुवाई आइतबार गर्ने भएको छ ।  विहिबार बिहान बसेको बैठकले प्रस्तावित तीन न्यायाधीशलाई सुनुवाईका लागि आइतबार बोलाउने निर्णय गरेको हो ।

आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरुका सम्बन्धमा परेका उजुरीहरु खोलिएका थिए । उनीहरूविरूद्ध सातवटा उजुरी परेको, जसमा मेघराज पोखरेलविरूद्ध २, श्रीकान्त पौडेलविरूद्ध २ र शान्ति सिंहविरूद्ध एक उजुरी परेको छ । समितिले उजुरीकर्तालाई आजै समितिलाई बोलाएर छलफल गर्ने भएको छ । 

न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

समितिले सुनुवाई गरेपछि राष्ट्रपतिले सर्वोच्चका न्यायाधीश नियुक्ति गर्ने कानुनी प्रावधान रहेको छ । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?