पुर्वराजाको क्यारिकेचर गरेको भन्दै धम्की ! : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

पुर्वराजाको क्यारिकेचर गरेको भन्दै धम्की !

मेरो आर्थिक मेरो आर्थिक असार १३ गते २०८२

काठमाडौँ । कमेडियन प्रभात लामालाई पुर्व राजाको क्यारिकेचर गरेको भन्दै धम्की आएको छ ।  कमेडी नाइट विथ च्याम्पियन’ को पछिल्लो अंकमा लामाले पुर्व राजाको क्यारिकेचर गरेका थिए । लामाले पुर्व राजाको क्यारिकेचर गरेपछि आफुलाई रिसाएर म्यासेज गरिरहेको उल्लेख गरेका छन् । 

उनले गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले राष्ट्रपति र प्रधनमन्त्रीको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भन्दै पुर्व राजाको क्यारिकेचर गर्दा गलत के भयो ? भन्दै प्रश्न गरेका छन् । साथै उनले राजा नआउदै यस्तो रवाफ देखाएको भन्दै साच्चै राजा आएको दिन के गर्नु हुन्छ ? भन्ने प्रश्न समेत गरेका छन् । 

उनले भनेका छन्- 

मैले पुर्व राजा ज्ञानेन्द्रको क्यारिकेचर पछि केही साथिहरु रिसाएर म्यासेज फोन गरिराख्नु भएको छ । म हालको गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधनमन्त्री ज्यू को पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पुर्व राजाको क्यारिकेचर गर्दा गलत के भयो ? तपाईको राजा नआउदै यस्तो रवाफ देखाउनु हुन्छ भने साच्चै राजा आएको दिन के गर्नु हुन्छ? मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईको राजा ल्याउदै गर्नुस् ।

रह्यो कुरा जनजातीले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टी; क्षमता र ल्याकत राख्नु हुन्छ भने तपाईहरु पनि गर्नुस । कलाकारितामा आउनुस् । जातभातको कुरै नगर्नुस्। यो शोभनिय कुरा पनि होईन । अर्को बुझ्न पर्ने कुरा हास्यव्यंव्ग्य कलाकारले जसको क्यारिकेचर गर्दैमा उहांको मान मर्दन गरिने भन्ने होईन। बरु त्यो पात्र मार्फत धेरै कुरा र विचार; ठट्यैली शैलीमा धेरै कुरा व्यक्त गर्न खोजिएको हुन्छ । 

व्यक्तिगत रुपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पुर्व राजा हजुरबुवा समान हुनुहुन्छ । उहांलाई गर्नु पर्ने सम्मान र आदर सधै उस्तै छ। मलाई राम्ररी थाहा छ; उहालाई कुन सम्मान दिनु पर्ने हो भनेर । त्यो तपाईहरुले सिकाईराख्न परेन । व्यक्तिगत रुपमा उहालाई उत्तिकै आदररभाव व्यक्त गर्न सक्छु जति उहा सम्मानित र आदरणीय हुनुहुन्छ । त्यसैले मलाई कुनै पनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगरी दिनुहोला । कार्यक्रम केवल मनोरन्जनको लागि तयार पारिएको हे । राजनीतिक अभिष्ट पुरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होईन । हेरेर मज्जाले हांस्नु होला। सुझाव चाँही दिदै गर्नु होला । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?