प्रधान सेनापतिद्वारा सहायक रथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान : Mero Aarthik
कार्तिक २८ गते २०८२

प्रधान सेनापतिद्वारा सहायक रथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान

मेरो आर्थिक मेरो आर्थिक असार १३ गते २०८२

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी गौरव कुमार केसीलाई जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतना हेड क्वाटरको पृतनापतिमा नियुक्त भएका छन् ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?